images

२०८३ आश्विन २० गते

images
images
images

१० महिनामा बैंकहरुबाट साढे ३५ अर्ब माथिको सेयर धितो कर्जा प्रवाह

१० महिनामा बैंकहरुबाट साढे ३५ अर्ब माथिको सेयर धितो कर्जा प्रवाह

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा (साउनदेखि वैशाख मसान्तसम्म) बैंकहरुबाट साढे ३५ अर्ब रुपैयाँ माथिको सेयर धितो कर्जा प्रवाह भएको छ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार बैंकहरुबाट १ खर्ब २५ अर्ब ५२ करोड ७ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। असारसम्म यो रकम ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको थियो। १० महिनामा बैंकहरुबाट थप ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ सेयर धितो कर्जा गएको हो। यो रकम समीक्षा अवधिमा ३९.२ प्रतिशतले बढेको बैंकले जानकारी दिएको छ । 

    images
    images

    वैशाखसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ८५ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ५३.३ प्रतिशतले बढेको छ।यसैगरी वैशाखसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब ५ करोड ९ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब १० करोड ४९ लाख रुपैयाँ गएको छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।

    वैशाखसम्ममा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २१.१ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १५.३ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा १०.८ प्रतिशतले बढेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend