images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • वीरगन्ज भन्सार पेट्रोलियम र सवारीसाधन आयातमा...

वीरगन्ज भन्सार पेट्रोलियम र सवारीसाधन आयातमा निर्भर, ६४ अर्बभन्दा बढी राजस्व

वीरगन्ज भन्सार पेट्रोलियम र सवारीसाधन आयातमा निर्भर, ६४ अर्बभन्दा बढी राजस्व

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • वीरगन्ज– वीरगन्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५० करोड राजस्व संकलन गरेको छ। कार्यालयले चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका लागि एक खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ।आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव २६ प्रतिशत रहेको छ। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको बताउँछन्।

    images
    images

    त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपूजा आयातबाट १५ अर्ब २४ करोड रकम प्राप्त गरेको छ। त्यस्तै, आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपूर्जाको हिस्सा भने १० दशमलव ९३ प्रतिशत रहेको छ। त्यस्तै, फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब २५ करोड राजस्व संकलन गरेको छ।मेसिनरी तथा पार्टपूर्जा आयातबाट भने चार अर्ब ५५ करोड राजस्व संकलन गरेको छ। त्यस्तै, इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपूर्जा आयातबाट तीन अर्ब ३७ करोड राजस्व संकलन गरेको छ। चालु आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट भने दुई अर्ब ८७ करोड राजस्व संकलन गरेको छ।

    त्यस्तै, सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट भने दुई अर्ब २३ करोड राजस्व संकलन गरेको छ। शृङ्गारका सामान आयातबाट भने दुई अर्ब २२ करोड राजस्व संकलन गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend