images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • एक बर्षमा सन नेपाल लाइफ इन्स्योरेन्सको...

एक बर्षमा सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा २६ प्रतिशतले घट्यो, खुद बीमाशुल्क आर्जन कति ?

एक बर्षमा सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा २६ प्रतिशतले घट्यो, खुद बीमाशुल्क आर्जन कति ?

images
images
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ मा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा घटेको छ । 

    images
    images

    इन्स्यारेन्स कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा वर्षमा ५७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ७८ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    यस्तै, समीक्षा वर्षमा कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढेको हो।अघिल्लो आर्थिक वर्षमा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

    images
    images

    चौथो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ७५ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ।

    शेयरपुँजी ३ अर्ब ९६ करोड शेयर रहेको कम्पनीले समीक्षा वर्षमा शेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ सञ्चित गरेको छ। यस अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड २१ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ७ अर्ब ५० करोड १० लाख रुपैयाँ पुगेको छ।

    समीक्षा वर्षमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १४.५१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५७.८७ रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend