images

२०८३ आश्विन २० गते

images
images
images

भारतमा बढ्दै कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु

भारतमा बढ्दै कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौँ । भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो रिपोर्टअनुसार मङ्गलबार मात्र ३ सय नयाँ कोरोना सङ्क्रमणका केसहरू पुष्टि भएका छन् । तीमध्ये सबैभन्दा धेरै गुजरातमा १०८ र महाराष्ट्रमा ८६ केस भेटिएका छन् । यससँगै भारतभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय २ पुगेको छ ।

    images
    images

    हालसम्म भारतका २७ वटा राज्य तथा केन्द्र शासित प्रदेशमा कोरोना फैलिसकेको छ। यद्यपि ९ वटा राज्यहरूमा हालसम्म कुनै पनि सङ्क्रमित नभेटिएका त्यहाँका सञ्चारमाध्यमलाई उद्धृत गर्दै भास्करले लेखेको छ ।सबैभन्दा बढी १ हजार ३ सय ७३ सक्रिय केस केरला राज्यमा भेटिएका छन्, जुन सबैभन्दा प्रभावित राज्य बनेको छ । त्यसपछि ५ सय १० सक्रिय केससहित महाराष्ट्र दोस्रो स्थानमा रहेको छ ।

    जनवरीदेखि देखा परेको कोरोना भाइरसका नयाँ भेरियन्टहरूले हालसम्म देशभर ४४ जनाको ज्यान लिइसकेको छ । तीमध्ये ३७ जनाको मृत्यु पछिल्ला ५ दिनमा मात्र भएको हो ।मङ्गलबार मात्रै महाराष्ट्रमा ४ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । जससँगै यस राज्यमा मृत्यु सङ्ख्या १४ पुगेको छ। दिल्ली, गुजरात र तमिलनाडुमा पनि एक–एक जनाको मृत्यु भइसकेको छ ।

    images
    images

    हिमाचल प्रदेशमा मङ्गलबार पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि राज्य सरकारले सबै अस्पतालहरूमा मास्क अनिवार्य गरेको छ । उता केरला सरकारले नयाँ गाइडलाइनअन्तर्गत रहेर सबै सरकारी तथा निजी अस्पतालमा मोक ड्रिल (पूर्व अभ्यास) गर्न आदेश दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend