images

२०८३ आश्विन २० गते

images
images
images

लामखुट्टे भगाउन के गर्ने ? यस्ता छन् घरेलु उपाए

लामखुट्टे भगाउन के गर्ने ? यस्ता छन् घरेलु उपाए

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं । लामखुट्टे एक प्रकारको परजिवि कीरा हो। लामखट्टेले मान्छे तथा पशुहरूको शरिरको रगत चुसेर एक प्राणीबाट अर्को प्रणिमा विभिन्न प्रकारका रोगहरू सार्ने गर्दछ । लामखुट्टेहरू धेरै प्रजातिका हुन्छन । कतिपए प्रजातिका लामखुट्टेहरू त आफैमा विषालु पनि हुन्छन ।गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढ्ने गर्दछ । लामखुट्टेको टोकाइबाट कीटजन्य रोग औलो मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले लगायत रोग लाग्ने गर्छ ।

    images
    images

    गर्मी मौसममा यदि कसैलाई रातको निद्रामा बाधा पुग्छ भने त्यो विषालु लामखुट्टे नै हो । गर्मी महिनामा रातको समयमा लामखरट्टेले दुख दिंदा विभिनन किसिमको किटको सहायतामा मार्ने धपाउने धुप बाल्ने झन्झट हुने गर्दछ ।तर, अब तपाई यसबाट छुटकारा पाउनुहुनेछ किनभने हामी एउटा यस्तो घरेलु उपाय तपाईलाई बताउनेछौं, जसले गर्दा लामखुट्टे हाम्रो वरपर पनि आउँदैन । जसका कारण सो बिद्यि अपनाएका कारण लामखुट्टेले तपाईको वरपर पनि आउने छैन भने तपाईको शरिरमा टोक्ने पनि छैन।

    लामखुट्टे भगाउने घरेलु उपाय
    लामखुट्टे भगाउन मानिसहरूले कीटनाशक छर्ने गर्छन । तर, यसलाई दिनहुँ प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले अबदेखि यी घरेलु उपायअपनाएर लामखुट्टेको टोकाइको पिडाबाट छुटकारा पाउने छ ।

    images
    images

    १. नीमको सुख्खा पात ।
    २. तेज पत्ता
    ३. लसुन
    ४. प्याज
    ५. ल्वाङ
    ६. कपूर
    ७. तुलसी
    ८. पुदिना
    ९. सयपत्रीफुल
    १०. कागती

    कसरी प्रयाेग गर्ने ?

    – हाम्रो घरमा सहजै पाइने तुलसी लामखुट्टे भगाउन निकै उपयोगी मानिन्छ । शरीरमा तुलसीको पातको रस लगाउनाले लामखुट्टेलको टोकाईबाट बच्न सकिन्छ । घरमा तुलसीको बोट रोप्नाले पनि लामखुट्टे भगाउन सकिन्छ ।
    – पुदिनाको पातको रस छर्किनाले पनि लामखुट्टे भाग्छ । यसलाई शरीरमा पनि लगाउन सकिन्छ ।
    – सयपत्री फूल हाम्रो बगैंचामा प्रायजसो फुलिरहेको हुन्छ । अझ कतिपयले घरको कौसी तथा बैठक कोठामा पनि सयपत्रीलाई सजावटका लागि राखेका हुन्छन् । सयपत्री फूलको रस शरीरमा लगाउँदा पनि लामखुट्टेबाट बच्न सकिन्छ ।
    – कागती तथा नीलगिरीको तेल मस्किटो रेपेलेटमा लिक्युइट सकिएपछि त्यसमा कागतीको रस तथा नीलगिरीका तेल भरेर जलाउन सकिन्छ । यसलाई हात खुट्टामा पनि लगाउन सकिन्छ ।
    – सर्स्यूँको तेलमा अजवाइन पाउडर मिलाएर पेसरको टुक्रामा लगाई कोठाको माथिल्लो भागमा राख्ने । जसका कारण लामखुट्टे भगाउन सजिलो हुन्छ ।
    – नीमको तेल शरीरमा लगाउने अथवा नरिवलको तेलमा नीमका तेल मिसाएर बाल्दा पनि लामखुट्टे भाग्छ ।
    – कोठामा कपूर बाल्ने र १० मिनेट बन्द गरेर राख्ने । जसका कारण लामखुट्टे भाग्छ ।
    – लसुनको गन्धले पनि लामखुट्टेललाई टाढा राख्न सकिन्छ । लसुनको रस शरीरमा लगाउन समेत सकिन्छ ।
    – मट्टितेल, नीमको तेल, कपूर एउटा लालटिनमा थोरै मट्टितेल, केही थोपा नीमको तेल र २ टुक्रा कपूर मिलाउने । यसरी मिलाएको लालटिनलाई बाल्दा पनि लामखुट्टे भगाउन सकिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend