images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • घरजग्गा खरिद बिक्रीको ५० लाखसम्मको कारोबारमा...

घरजग्गा खरिद बिक्रीको ५० लाखसम्मको कारोबारमा विद्युतीय भुक्तानी अनिवार्य

घरजग्गा खरिद बिक्रीको ५० लाखसम्मको कारोबारमा विद्युतीय भुक्तानी अनिवार्य

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौँ । घरजग्गा कारोबारमा विद्युतीय भुक्तानी प्रणालीको प्रयोग अनिवार्य हुने भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले गत जेठ १३ गते ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८२’ जारी गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।

    images
    images

    निर्देशनअनुसार अबदेखि घरजग्गा कारोबार गर्दा सूचक संस्थाले क्रेता र बिक्रेता दुवैको केवाईसी फाराम अनिवार्य रूपमा भर्नुपर्नेछ । उक्त फाराम भू-सेवा केन्द्र रहेको स्थानमा केन्द्रले र नभएको स्थानमा सम्बन्धित कार्यालयको सर्भिस डेस्कले भर्न लगाई प्रणालीमा अपलोड गर्नुपर्नेछ ।त्यस्तै, दश लाख रूपैयाँदेखि पचास लाख रूपैयाँसम्मको कारोबार बैङ्किङ प्रणाली वा विद्युतीय माध्यमबाट गर्नुपर्नेछ । पचास लाख रूपैयाँभन्दा माथिको कारोबार भने विद्युतीय भुक्तानी प्रणाली वा ‘गुड फर पेमेन्ट’ चेकमार्फत मात्र गर्न पाइनेछ । गुड फर पेमेन्ट चेक अनिवार्य रूपमा बिक्रेताको नाममा तयार गरिएको हुनुपर्नेछ ।

    साथै, घरजग्गा कारोबारको क्रममा खरिदकर्ताको बैँक खाताबाट बिक्रेताको खातामा सो रकम जम्मा भएको प्रमाणका रूपमा बैँक स्टेटमेन्ट पनि अनिवार्य रूपमा संलग्न गर्न निर्देशन दिइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend