images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • एलन मस्कले अस्वीकार गरे लागुऔषध सेवनको...

एलन मस्कले अस्वीकार गरे लागुऔषध सेवनको आरोप

एलन मस्कले अस्वीकार गरे लागुऔषध सेवनको आरोप

images
images
आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • काठमाडौं । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनाव अभियान अवधिमा अत्यधिक मात्रामा  केटामिन र अन्य लागुऔषध सेवन गरेको भन्ने न्युयोर्क टाइम्सको खबरलाई झुटो भन्दै खण्डन गरेका छन् ।यसअघि न्युयोर्क टाइम्सले शुक्रबार प्रकाशित गरेको एक रिपोर्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार अर्बपति मस्कले केटामिन (शक्तिशाली एनेस्थेटिक) धेरै मात्रामा सेवन गरेका कारण उनको मूत्राशयमा समस्या देखिएको उल्लेख गरेको थियो ।

    images
    images

    उक्त रिपोर्टमा विश्वकै धनी व्यक्ति मस्कले इक्स्टासी र मसरुम पनि सेवन गरेको र सन् २०२३ मा उनी पिल बक्स साथमा लिएर हिँड्ने गर्थे भन्ने उल्लेख गरिएको थियो । ट्रम्पले जनवरीमा सत्ता सम्हालेपछि मस्कले सरकारी कार्यक्षमता विभाग (डोज)को नेतृत्व गर्दा पनि मादकपदार्थ सेवन गरे वा गरेरनन् भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन ।सामाजिक सञ्जाल एक्समा शनिबार पोस्ट गर्दै मस्कले भने, “मैले मादकपदार्थ सेवन गरिरहेको छैन ! न्युयोर्क टाइम्सले प्रकाशित गरेको कुरा झुटो हो ।” उनले थपे, “मैले केही वर्षअघि ‘प्रिस्क्रिप्सन’ केटामिन प्रयोग गरेको थिएँ र यसको बारेमा एक्समा पनि बताएको थिएँ, त्यसैले यो खबर नयाँ पनि होइन । यसले अँध्यारो मानसिक अवस्थाबाट आफूलाई  निकाल्न मद्दत गर्छ, तर मैले त्यसपछि यसलाई फेरि प्रयोग गरेको छैन ।”

    मस्कले शुक्रबार ओभल अफिसमा ट्रम्पसँग बिदाइको अवसरमा लागुऔषध सेवनको प्रश्नलाई नकारेका थिए । टेस्ला र स्पेसएक्सका प्रमुख मस्क सरकारी कार्य दक्षता विभाग (डोज)बाट बिदा लिएका छन् । ट्रम्पको प्रमुख लागत घटाउने अधिकारीको भूमिकाबाट बिदाइ समारोहमा उनको आँखा कालो देखिन्थ्यो । द न्युयोर्क टाइम्सको लागुऔषध र मादकपदार्थ सेवनको आरोपको रिपोर्टपश्चात् मस्कको चोटको खबरले धेरैको ध्यान खिच्यो । डेलीले मस्कले ट्रम्पको शपथग्रहण समारोहमा जनवरीमा नाजी–शैलीको उत्साहपूर्ण सल्युट गरेको जस्ता अनौठो व्यवहारहरू सम्झाएको थियो ।

    images
    images

    मस्कले सानो छोरालाई आफ्नो अनुहारमा मुक्का हान्न भनेको र उक्त चोट छोरासँग खेल्दै गर्दा लागेको सामाजिक सञ्जाल एक्समा बताए । शुक्रबार साँझ, एक पत्रकारले ट्रम्पलाई मस्कको ‘नियमित मादकपदार्थ सेवन’बारे थाहा छ कि भनेर सोध्दा ट्रम्पले उत्तर दिएका थिए, “मलाई थाहा थिएन, मलाई लाग्छ एलन एक अद्भूत व्यक्ति हुन् ।”मस्कले पहिले नै केटामिन सेवन गरेको स्वीकार गरिसकेका छन्, उनले यसलाई ‘नकारात्मक मानसिक अवस्था’को उपचारका निम्ति प्रयोग गरेको बताएका थिए । उनले मादकपदार्थको सेवनले उनलाई फाइदा पुर्‍याएको दाबी गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend