images

२०८३ आश्विन २० गते

images
images
images

क्लिनिक वानमा रेबिज खोप तालिम

क्लिनिक वानमा रेबिज खोप तालिम

images
images
आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • काठमाडौं- क्लिनिक वान क्लिनिकमा रेबिज खोप सम्बन्धी तालिम सम्पन्न भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिक रिसर्च युनिटका प्रमुख डा शेरबहादुर पुनले क्लिनिक वानको जावलाखेलस्थित नोरखाङ कम्प्लेक्समा रहेको कार्यालयमा तालिम दिएका हुन्।तालिममा क्लिनिक वानको काठमाडौं र भक्तपुर गरी तीन वटै शाखाका सबै नर्स, स्वास्थ्य सहायक र फरमासिस्टहरु सहभागी थिए।

    images
    images

    डा पुनले ‘क्लिनिकल गाइडलाइन एण्ड ग्लोबल प्राक्टिसेज अन रेबिज भ्याक्सिनेसन’ शीर्षकमा तालिम दिएका थिए।तालिममा डा पुनले कस्ता जनावरले टोक्दा रेबिज खोपको आवश्यकता हुन्छ, रेबिजका लक्षण, कस्तो अवस्थामा खोप लगाउने, खोपको डोज लगायतका विषयमा जानकारी दिएका थिए।तालिमसँगै डा पुनले तौलका आधारका रेबिज खोपको डोज र प्रकार, रेबिज नरोकिनुको मुख्य कारणमा गलत परामर्श र लापरबाही लगागतका विषयमा पनि प्रष्ट पारेका थिए।

    क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले क्लिनिकका स्वास्थ्यकर्मीहरुमा रेबिज खोपका विषयमा क्षमता अभिवृद्धि, सीपको विकास गर्न र बिरामीले दक्ष जनशक्तिबाट सेवा लिन सकुन भनेर तालिमको आयोजना गरिएको जानकारी दिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend