images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • इसेवा अफर: हरेक दिन दुई जनालाई...

इसेवा अफर: हरेक दिन दुई जनालाई डबल क्यासब्याक, अन्त्यमा रु १ लाखको बम्पर पुरस्कार

इसेवा अफर: हरेक दिन दुई जनालाई डबल क्यासब्याक, अन्त्यमा रु १ लाखको बम्पर पुरस्कार

images
images
शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘बिना ट्रबल पैसा डबल’ अफर सार्वजनिक गरेको छ ।यस योजना अन्तर्गत अफर अवधिभर इसेवाबाट बैंक खातामा रकम ट्रान्सफर गर्ने दैनिक २ जना भाग्यशाली प्रयोगकर्ताहरूले रु. ५००० सम्मको डबल क्यासब्याक जित्न सक्ने कम्पनीको भनाइ छ।  

    images
    images

     साथै, अफर समाप्तिसँगै थप २ जना भाग्यमानी प्रयोगकर्ताहरूलाई बम्पर पुरस्कार स्वरूप रु १,००,००० जित्ने अवसर रहेको कम्पनीले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ।  

    जेष्ठ १५ देखि असार १३ गतेसम्म चल्ने यस अफरमा इसेवा डाइरेक्ट, क्यूआर स्क्यान वा खाता नम्बर मध्ये जुनसुकै माध्यमबाट पनि बैंक खातामा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने सबै प्रयोगकर्ता पुरस्कारको लागि योग्य रहनेछन्। हरेक दिन छनौट गरिने २ जना भाग्यशाली डबल क्यासब्याक विजेता मध्ये १ जना विजेता नयाँ प्रयोगकर्ताहरुबाट छनोट गरिनेछ ।इसेवाले डिजिटल कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउन देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend