images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • डाइभर्सन मर्मत गरेसँगै सञ्चालनमा आयो कान्ति...

डाइभर्सन मर्मत गरेसँगै सञ्चालनमा आयो कान्ति लोकपथ

डाइभर्सन मर्मत गरेसँगै सञ्चालनमा आयो कान्ति लोकपथ

images
images
शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • हेटौँडा । बागमती खोलाले पहुँच मार्ग बगाउँदा अवरुद्ध भएको कान्ति लोकपथ सडक सञ्चालनमा आएको छ । वर्षाका कारण बिहीबार बिहान बागमती खोलाले बगुवा स्थित ड्राभर्शनको ह्यमपाइएप बगाउँदा सडक बन्द भएको थियो । 

    images
    images

    उक्त स्थानमा पुन डाइभर्सन मर्मत गरी बिहीबार रातिबाट सवारी साधन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाको पहुँच मार्ग पुनः निर्माण गरेपछि कान्ति लोकपथ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उक्त सडक अण्ड अन्तर्गत भर्‍याङ डाँडामा खसेको सुख्खा पहिरो पनि हटाइएको उनले बताए । 

    गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले कान्ति लोकपथ अन्तर्गतको बगुवा स्थित बेलिब्रिजको पहुँच मार्ग बगाएको थियो । पहुँच मार्ग बगाएसँगै सो स्थानमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend