images

२०८३ आश्विन २० गते

images
images
images

गतवर्षको बाढीले क्षतिपु-याएको रोशी अस्पताल पुनःनिर्माण

गतवर्षको बाढीले क्षतिपु-याएको रोशी अस्पताल पुनःनिर्माण

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौँ यहाँको रोशी गाउँपालिकामा गतसाल असोजको बाढीले बगाएकोे दस श्ययाको रोशी आधारभूत अस्पताललाई हाल पाँच श्ययाको अस्पताल पुनःनिर्माण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को आर्थिक सहयोगमा निर्माण भएको उक्त संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत रोशी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । नवनिर्मित संरचनासहित औषधिलगायतका सामाग्री पनि ‘डब्लुएचओ’ले सहयोग गरेको हो । सङ्घीय सरकारको रु ६ करोड पाँच लाख २४ हजार बजेटद्वारा रोशी–१ मा निर्माण अन्तिम चरणमा पुगेको दश श्ययाको आधारभूत अस्पताल भवन बाढीले बगाएको थियो । त्यसयता ‘टेन्ट’बाट सेवा प्रदान गर्दै आइएको थियो ।

    images
    images

     रोशी  गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हाल अस्थायी रुपमा अस्पताल निर्माणका साथै स्वास्थ्य सामग्रीसमेत प्रदान गरेकामा आभार प्रकट गर्नुभएको छ । उहाँका अनुसार उक्त अस्पतालले गाउँपालिकाको वडा नं. १, २, ३ र ४ का साथै छिमेकी नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने छन् । अध्यक्ष लामाले १० श्ययाको अर्को सुविधायुक्त अस्पताल निर्माणका लागि सम्बन्धित निकायमा प्रक्रिया थालिने बताउनुभयो । डब्लुएचओका नेपाल प्रतिनिधि डा राजेश सम्भाजी रावपाण्डबले नेपालको स्वास्थ्य क्षेत्रमा संस्थाले सहयोग गरिरहेको र आगामी दिनमा पनि नेपाल सरकारसँग साझेदारी गर्दै अगाडी बढ्ने बताउनुभयो ।

    बाढीपहिरोले गाउँपालिकामा निर्माण सम्पन्न भएका अस्पतालसहित तीन ठूला ‘गौरव’का आयोजना पूर्णरुपमा क्षति पुगेको थियो । बाढीपहिरोले रोशी–११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने रु १४ करोडको लागतमा निर्माण भएको ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको ९ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा रोशी खोलाले बगाएको थियो  सङ्ग्रहालय हाताभित्र करिब रु दुई करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको थियो बाढीपहिरोमा परी उक्त गाउँपालिकामा छ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो भने चार सय ८२ घर पूर्णरुपमा तथा आठ सय ८३ घर आंशिक रुपमा क्षति पुगेको थियो । गाउँपालिका कार्यालयको तथ्याङ्कअनुसार बाढीपहिरोले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो भने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend