images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • एप्पल आईफोनमा २०० मेगापिक्सेल क्यामेरा परीक्षण...

एप्पल आईफोनमा २०० मेगापिक्सेल क्यामेरा परीक्षण गर्दै

एप्पल आईफोनमा २०० मेगापिक्सेल क्यामेरा परीक्षण गर्दै

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौँ । एप्पलले २०० मेगापिक्सेल क्षमताको क्यामेरा परीक्षण गरिरहेको खबर बाहिरिएको छ । पछिल्लो केही समयदेखि यो क्षमताका क्यामेरा स्मार्टफोन बजारमा प्रचलनमा आइरहँदा एप्पल पनि यो लाममा मिसिन आएको हो ।चिनियाँ सोसल मिडिया प्लेटफर्म वेइबोमा सक्रिय लिकर डिजिटल च्याट स्टेसन मार्फत सार्वजनिक भएको सूचना अनुसार एप्पलले २०० मेगापिक्सेलको सेन्सर परीक्षण गरिरहेको छ । तर कुन सेन्सर र कुन क्यामेराका लागि प्रयोग गरिन्छ भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन ।

    images
    images

    यो परीक्षण मेन क्यामेराका लागि हुन सक्ने बताइएको छ । प्रतिस्पर्धी ब्रान्डहरूमध्ये सामसङले आफ्नो ग्यालेक्सी अल्ट्रा सिरिज र हालैको एस२५ एजमा २०० मेगापिक्सेल मुख्य क्यामेरा प्रयोग गरिसकेको छ । त्यस्तै, चिनियाँ ब्रान्डहरूले समेत केही महिनायता २०० मेगापिक्सेल टेलिफोटो पेरिस्कोप क्यामेरा प्रयोग गरिरहेका छन् ।एप्पलको नयाँ क्यामेरा परीक्षणसँगै कम्पनीले आगामी तीन वर्षभित्र आफ्नो डिजाइनमा ठुलो परिवर्तन गर्ने अनुमान गरिएको छ । यसै वर्ष आउने आईफोन १७ मा पछाडिको भागमा ठुलो क्यामेरा बम्प हुने चर्चा छ । त्यस्तै, सन् २०२६ मा प्रो मोडलमा फेस आईडी स्क्रिनमुनि राख्ने योजना छ । जसले गर्दा फ्रन्टमा सेल्फी क्यामेराका लागि सानो होल-पन्च मात्र रहनेछ ।

    त्यस्तै सन् २०२७ मा आउने आईफोन १९ प्रो मा अगाडिको भागमा पूर्ण स्क्रिन हुने सम्भावना छ । त्यसका लागि कम्पनीले अन्डर-डिस्प्ले क्यामेरा प्रविधि प्रयोग गर्ने योजना बनाइरहेको चर्चा छ ।यद्यपि, यी सबै जानकारी अहिलेसम्म पुष्टि नभएका अड्कलबाजी मात्र हुन् । एप्पलले यी प्रविधि कहिले र कुन मोडलमा ल्याउने भन्ने अझै स्पष्ट छैन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend