images

२०८३ आश्विन २० गते

images
images
images

भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो

भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • काठमाडौं : भारतको राजधानी दिल्लीमा फेरि  कोरोना भाइरसका घटना तीव्र गतिमा बढिरहेका छन्। पछिल्लो एक हप्तामा दिल्लीमा ९९ जना कोरोना संक्रमित भेटिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार कोरोना फैलिएपछि दिल्लीमा २४ जना बिरामी निको भएका छन् भने हाल १०४ जना सक्रिय बिरामी छन्। 

    images
    images

    योसँगै देशभर कोरोना संक्रमितको संख्या एक हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य विभागका अनुसार केरलामा सबैभन्दा बढी ४३० जनामा कोरोना संक्रमण भएको छ। त्यसपछि महाराष्ट्रमा २०९ जना र दिल्ली १०४ सक्रिय केससहित तेस्रो स्थानमा छ। अन्य राज्यहरूमा पनि कोरोनाका बिरामी बढ्दै गएको स्वास्थ्य विभागले उल्लेख गरेको छ।  

    सन् २०२० देखि कोरोना भाइरसका कारण विश्वभर लाखौं मानिसहरूले ज्यान गुमाएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend