विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावतीको मृत्यु भएको हो ।
बिर्तामोडस्थित बीएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासि बिरामी परेका थिए ।
नीषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगरमा यसअघि नै मृत्यु भएको थियो । लावतीको आज बीएनसी अस्पतालमा मृत्यु भएको हो ।




.gif)





