images

२०८३ आश्विन १७ गते

images
images
images

मौद्रिक नीति समिक्षाका लागि बैठक बोलाइयो

मौद्रिक नीति समिक्षाका लागि बैठक बोलाइयो

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीति समिक्षाका लागि व्यवस्थापन समितिको बैठक आइतबार ३ बजेका लागि बोलाएको छ। बैठक गभर्नर डा. विश्वनाथ पौडेलको अध्यक्षतामा बस्नेछ।समितिमा दुबै डेपुटी गभर्नरसहित कार्यकारी निर्देशकहरूमध्येबाट गभर्नरले तोकेको सिनियर अधिकारी सदस्य–सचिव रहने प्रावधान छ। कार्यकारी निर्देशकहरूमध्ये पहिलो बरियतामा रहनेलाई यो जिम्मेवारी दिइने चलन छ।

    images
    images

    मौद्रिक नीति तर्जुमा कार्यविधिअनुसार राष्ट्र बैंकले हरेक त्रैमासको अन्त्यपछि ४५ दिनभित्र समिक्षा सार्वजनिक गर्नुपर्ने हुन्छ। त्यसैअनुसार अहिले समीक्षा प्रक्रियाको तयारीस्वरूप बैठक बस्न लागेको हो।गभर्नर पौडेलले विगतमा नियमनभन्दा सुपरीवेक्षणमा बढी ध्यान केन्द्रित गर्ने बताउँदै आएका छन्। हालै मात्र नियुक्त गभर्नरका रूपमा यो पहिलो मौद्रिक नीति समिक्षा भएकाले यसले गभर्नरको नीतिगत दृष्टिकोण र आगामी रणनीति कस्तो हुनेछ भन्ने संकेत दिने विश्वास गरिएको छ।

    नयाँ गभर्नरको नेतृत्वमा अत्यधिक नीतिगत परिवर्तनभन्दा पनि बजारमा सकारात्मक सन्देश प्रवाह गर्ने खालको मौद्रिक नीति समिक्षा आउने अपेक्षा गरिएको छ। यही कारणले पनि यो समिक्षालाई बैंकिङ क्षेत्र, लगानीकर्ता र बजार सम्वद्ध पक्षहरूबाट विशेष चासोका साथ हेरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend