images

२०८३ आश्विन २३ गते

images
images
images

रुद्राक्ष व्यवसायबाट राम्रो आम्दानी

रुद्राक्ष व्यवसायबाट राम्रो आम्दानी

images
images
आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • सुनसरी। धरान उपमहानगरपालिका– १४ का सन्तोष लामिछानेले रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले धरान– १४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत पाँच वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आएका छन् ।१२ वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउँदै व्यापार सुरु गरेका हुन् । उनले भन्, ‘विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षका विभिन्न सामग्री बनाएर बिक्री गर्दा सजिलो र आम्दानीसमेत राम्रै भइरहेको छ ।’

    images
    images

    रुद्राक्षका सामग्री बनाउन उनले धनकुटा, पाँचथर, भोजपुरलगायत पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरेर ल्याई माला, झोला, ढाकी, ज्याकेटजस्ता सामग्री बनाउने गरेका छन् । उनका अनुसार, मासिक २० हजारदेखि ३० हजारसम्म आम्दानी भइरहेको छ । सबै खर्च कटाएर यति आम्दानी हुन्छ अहिलेसम्म घर खर्च चलाउन पुगेको छ ।व्यवसायी लामिछानेले बनाएका सामग्री धरानसहित सुनसरी, मोरङ, झापा, काठमाडौं, काँकडभिट्टा तथा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमाझ लोकप्रिय छन् । बिक्रीका लागि यी ठाउँमा बढी जाने गरेको उनको भनाइ छ । उनले भने, ‘विदेशीहरूले विशेष गरी रुद्राक्षका झोला बढी रुचाउँछन् ।’

    ग्राहकको मागअनुसार विविध सामग्री बनाउने गरिएको जनाउँदै उनले २० देखि ५० रुपैयाँसम्ममा माला, ढाकी ३०० देखि ५०० र झोला एक हजार ५०० देखि तीन हजारसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । यस्तै, पाँच हजारदेखि पाँच हजार ५०० सम्ममा रुद्राक्षको ज्याकेट बिक्री गर्दै आएको उनले बताए । उनका अनुसार दैनिक ढाकी मात्रै पाँचदेखि सात वटासम्म बिक्री हुने गर्छ ।रुद्राक्ष स्थानीयस्तरमा सहजै नपाइने भएकाले उनी धनकुटा, भोजपुरजस्ता ठाउँमा गई बोटै ठेक्का लिएर खरिद गर्ने गर्दछन् । एक बोटको मूल्य एक लाखदेखि एक लाख ५० हजारसम्म पर्ने उनको भनाइ छ । (रासस)

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend