images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • नागढुङ्गा­–नौबिसे सडक आज देखि दिनमा ४ः३०...

नागढुङ्गा­–नौबिसे सडक आज देखि दिनमा ४ः३० घण्टा बन्द

नागढुङ्गा­–नौबिसे सडक आज देखि दिनमा ४ः३० घण्टा बन्द

images
images
शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • काठमाडौँ, १० जेठ । नागढुङ्गा­–नौबिसे सडक आज देखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।

    images
    images

    नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गते सम्म बिहान १०ः३० बजे देखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासन सँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिनुभयो ।

    images
    images

    आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।

    प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­ त्रिशूली ­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend