images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • पाठेघरको मुखको क्यान्सर चेकजाँँच गर्दा देखियो...

पाठेघरको मुखको क्यान्सर चेकजाँँच गर्दा देखियो आठ जनामा पोजेटिभ

पाठेघरको मुखको क्यान्सर चेकजाँँच गर्दा देखियो आठ जनामा पोजेटिभ

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • हुम्ला – उत्तरी चीनको सिमाना जोडिएको नाम्दा गाउँपालिका– ५ को मुचु र यारी गाउँका महिलामा पाठेघरको मुखको क्यान्सर चेकजाँच गर्दा आठ जनामा पोजेटिभ देखिएको छ। एकीकृत स्वस्थ्य शिविरमा चिकीत्सक सहितको टोलीले महिलाको पाठेघरको मुखको क्यान्सर चेकजाँँँच गर्दा ती महिलामा सो लक्षण देखिएको हो।एउटै वडाका दुई वटा वस्तीमा शिविर सञ्चालन गर्दा ७९ जना महिलाको पाठेघरको मुखको क्यान्सर चेक गर्दा आठ जनामा देखिएको र जनसंख्या अनुसार यो डरलाग्दो अवस्था रहेको शिविरमा सहभागी स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराले बताईन। जसमा मुचुको शिविरमा ३४ जना महिलाको चेकजाच गर्दा तीन जनामा र यारीमा ४५ जनाको पाठेघरको मुखको क्यान्सर चेक गर्दा पाँच जनामा पोजेटिभ देखिएको होे। जनसंङ्ख्या कम भएको क्षेत्रमा यस्ता अवस्था देखिएपछि जिल्लाका बढी जनसङ्ख्या भएको बस्तीमा यो समस्या महिलामा अझै बढी हुन सक्ने छ।

    images
    images

    महिनावारी भएको बेला सरसफाइ नहुनु र अन्य बेला पनि सरसफाइको कमीले पनि यो समस्या देखिएको उनले बताए। चेकजाँच गरेकी महिलालाई हाललाई एक महिनाको लागि औषधी दिएको र एक महिनापछि पून अस्पतालमा चेकजाँचका लागि बोलाईएको छ। त्यसैगरि दुवै स्थानको शिविरमा प्रजनन स्वास्थ्य सम्वन्धि अन्य महिला बिरामीहरुको पनि चेकजाँच भएको थियो। जसमा मुचुमा २१ जना र यारीमा ४५ जनाको उपचार भएको थियो।शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँचका साथै प्रशव फिस्टुला, आङखस्ने पाठेघर खस्ने समस्या, स्तन क्यान्सर, सेतोपानी वग्ने चिलाउने समस्या र बाझोपन र निसन्तानको पनि चेकजाच भएको थियोे। थोरै सङ्ख्यामा महिलाको पाठेघरको मुखको क्यान्सरको चेक गर्दा यो देखिएको संङ्ख्या ठुलै भएकोले यसलाई गहन रुपमा लिन आवश्यक रहेको चिकीत्सक मनिस देवले बताए।

    यो रोग खासगरी सानैमा बिबाह गर्नु, धेरैसंग यौन सम्पर्क गर्नु, गर्भवती बेला औषधि प्रयोग गर्नु, गर्भपतन गराउनु र शरीरमा लागेको अन्य रोगले पनि यस्तो हुन सक्ने उनको भनाइ छ। यसका लागि चिकीत्सकहरु देव, अरस्ती पुजाराले बिरामीको चेकजाँच गरेका थिए। पव्लिक हेल्थ नर्स सपना राना र वरिष्ठ अनमी बोहराको सहभागिता थियो। स्वास्थ्य सेवा कार्यालयको आयोजनामा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रेनिङ शिविर सञ्चालन गरिएको हो। यो शिविर मुचु र यारी गाउँमा पहिलो पटक सञ्चालन गरिएको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend