images

२०८३ आश्विन २३ गते

images
images
images

गोलभेँडाको भाउ घट्यो, किलोको कति ?

गोलभेँडाको भाउ घट्यो, किलोको कति ?

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आज शुक्रबार गोलभेँडाको भाउमा गिरावट आएको हो ।आज भारतीय ठूलो गोलभेँडाको भाउ थोकमा प्रतिकिलो १८ रुपैयाँ घटेको छ । बिहीबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेडाँको भाउ आज ३७ रुपैयाँ कायम छ ।

    images
    images

    आज लोकल सानो गोलभेँडा थोकमा प्रतिकिलो ११ रुपैयाँ घटेको छ । लोकल गोलभेँडा किलोको ४१ रुपैयाँ कायम छ । बिहीबार लोकल गोलभेँडा प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भएको थियो ।

    यस्तै टनेलको सानो गोलभेँडाको भाउ प्रतिकिलो १५ रुपैयाँ घटेको छ । आज टनेलको सानो गोलभेँडा किलोको ५० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार प्रतिकिलो ६५ रुपैयाँ थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend