images

२०८३ आश्विन २० गते

images
images
images

किन चाहिन्छ, भिटामिन ए ?

किन चाहिन्छ, भिटामिन ए ?

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • भिटामिन ए चिल्लो पदार्थमा घुल्ने भिटामिन हो। यो आँखाका लागि नभई नहुने भिटामिन हो। लामो समयसम्म उपयुक्त मात्रामा यसको आपूर्ति नभएमा आँखामा नराम्रो असर पर्नुका साथै रतन्धोसमेत हुनसक्छ।

    images
    images

    भिटामिन ए का स्रोतहरू

     
     

    –    कलेजो, माछाको तेल, अण्डाको पहेँलो भाग 

    images
    images
     

    –    नौनी, दूध र दूधबाट बनेका परिकारहरू 
    –    हरिया सागपातहरू जस्तै : कर्कलो, पालुंगो, सिस्नो, धनियाँ, मुलाको साग, रायोको साग 
    –    पहेँला जातका तरकारी र फलफूलहरू जस्तै : गाँजर, पाकेको फर्सी,मेवा ।

     

    भिटामिन ए का कार्यहरू

    –    आँखाको दृष्टि क्षमतामा वृद्धि गर्छ।
    –    नाक, कान, मुख, श्वासप्रश्वास प्रणाली तथा प्रजनन प्रणालीका तन्तुहरूलाई स्वस्थ राख्न सहयोग गर्छ।
    –    आँखालाई स्वस्थ राख्छ।
    –    शरीरलाई सूक्ष्म जीवाणुहरूको सङ्क्रमणबाट जोगाउँछ।
    –    हाडको वृद्धिमा पनि सहयोग गर्छ।
    –    छालालाई स्वस्थ र नरम राख्न सहयोग गर्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend