images

२०८३ आश्विन २० गते

images
images
images

बागलुङका पाँच पालिकाका बालबालिकाले लगाए पूर्णखोप

बागलुङका पाँच पालिकाका बालबालिकाले लगाए पूर्णखोप

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • बागलुङ। जिल्लाका पाँच पालिका पूर्ण खोपयुक्त घोषणा भएका छन् । दश पालिका रहेको जिल्लाका ढोरपाटन, जैमिनी, गलकोट, बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।बाँकी रहेका बरेङ, निसीखोला, तमानखोला, बडिगाड र काठेखोला गाउँपालिकालाई जेठ १५ गतेभित्र घोषणा गरिसकेपछि आगामी जेठ २५ गतेभित्र बागलुङ जिल्लालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । बरेङलाई बिहीबार पूर्ण खोपयुक्त पालिका घोषणा गरिँदैछ ।

    images
    images

    हरेक वर्ष बालबालिकाले पाउनुपर्ने खोप पूरा भएमा दक्ष नागरिक उत्पादन गर्न सहज हुने नेपाल सरकारले लक्ष्य राखेको छ । सोहीअनुसार हरेक वर्ष सबै बालबालिकालाई आवश्यक सबै खोप लगाएर पूर्ण खोप र दिगोपनाको घोषणा गर्ने खत्रीले बताउनुभयो ।धेरै अभिभावकले आफ्ना बाबुनानीलाई जन्मनेबित्तिकै खोप दिनुपर्छ भन्ने जानकारी पाए पनि कति अभिभावक खोपबारे जानकार नहुुँदा बालबालिका अहिले पनि खोपको पहुँचभन्दा बाहिर रहेको खत्रीको भनाइ छ । ‘‘खोप पाउनु सम्पूर्ण बालबालिकाको अधिकार भएजस्तै आफ्ना बालबालिकालाई सबै खोपको मात्रा लगाउनु अभिभावकको पनि कर्तव्य हो’’ खत्रीले भन्नुभयो, ‘‘खोपले बालबालिकालाई सरुवा रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ ।’’

    पालिका स्तरीय खोप समन्वय समितिले शून्यदेखि १५ महिना उमेर समूहका ६ सय ८ जना बालबालिका,, १६ देखि २३ महिना उमेर समूहका ४ सय ५४ जना र घरधुरी सर्वेक्षणको क्रममा खोपको मात्रा पूरा नगरेका १० जना बालबालिकालाई समेत खोपको दायरामा ल्याइएर ढोरपाटनलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।गलकोटमा जन्मेदेखी १५ महिनाका चार सय २७ जना बालबालिका र १६ देखि २३ महिनाका ३ सय २७ जना बालबालिकालाई पूर्ण खोप पूर्ण खोप दिएपछि नगर सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनस्वास्थ्य अधिकृत सुशिल पौडेलले जानकारी दिनुभयो ।

    images
    images

    घोषणा कार्यक्रममा सरोकारवालाहरुले पूर्वाधार निर्माणभन्दा पहिलो प्राथमिकता मानवीय विकासमा लगाउनुपर्ने धारणा व्यक्त गर्दै पूर्ण खोप अभियानले आमा र शिशुको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । खोप कार्यक्रमलाई दिगोपना दिन वक्ताहरुले नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्नुपर्ने आवश्याकता औंल्याउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend