images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सेयर बजार ७.९४ अंकलेघट्यो,कारोबार रकम...

सेयर बजार ७.९४ अंकलेघट्यो,कारोबार रकम १० अर्ब ६९ करोड

सेयर बजार ७.९४ अंकलेघट्यो,कारोबार रकम १० अर्ब ६९ करोड

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • आज सेयर बजार  ७.९४अंकले घटेर २६७०.८५ को विन्दुमा कायम भएको छ। नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त भएसँगै बजार खुल्ने बित्तिकै ९० अंक माथि बृद्धि भएको बजार अन्तिममा घटेर बन्द भएको हो । आज सूचीकृत ३१६ कम्पनीको २ करोड २३ लाख कित्ता सेयर खरिद बिक्रि हुँदा १० अर्बमाथिको सेयर कारोबार भएको छ। हिजो सबै सूचकमा हरीयाली छाएको थियो भने आज चार सूचकमा मात्रै हरीयाली छाएको छ। बाँकि सबै राताम्मे भएको छ।

    images
    images

    आज ९३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ ।आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ५९ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङनदी ग्रुप पावरको ५७ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ५.७९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.२७ प्रतिशतका दरले गुमाएका छन् । हिजो पनि यस कम्पनीका लगानकिर्ताले सर्वाधिक गुमाएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend