images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डबाट दुई बैंकले पाए ऋणपत्र...

धितोपत्र बोर्डबाट दुई बैंकले पाए ऋणपत्र निष्कासनका लागि अनुमति

धितोपत्र बोर्डबाट दुई बैंकले पाए ऋणपत्र निष्कासनका लागि अनुमति

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुईवटा बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ।धितोपत्र बोर्डले आज नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो।  नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ र शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘शाइन रेसुंगा डिबेन्चर’ जारी गर्न लागेका हुन् ।

    images
    images

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कुल १ अर्ब रुपैयाँको ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री गर्नेछ। जसमा ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ। १० वर्षे अवधिको  यो ऋणपत्रमा लगानीकर्ता वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

    त्यस्तै, नेपाल एसबीआई बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन हुनेछ। १० वर्षे अवधिको एसबीआई बैंकको यो ऋणपत्रमा लगानीकर्ता वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।यो ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend