images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • मानसिक स्वास्थ्य जागरूकता महिनाका अवसरमा युवा...

मानसिक स्वास्थ्य जागरूकता महिनाका अवसरमा युवा लक्षित मानसिक स्वास्थ्य कार्यशाला

मानसिक स्वास्थ्य जागरूकता महिनाका अवसरमा युवा लक्षित मानसिक स्वास्थ्य कार्यशाला

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं। मानसिक स्वास्थ्य जागरूकता महिनाका अवसरमा मानसिक स्वास्थ्य कार्याशाला गरिएको छ। नेपाल युनाइट्स, यूथ इनिसिएटिभ, गैरसरकारी संस्था महासंघ, सोसल इम्प्याक्ट र नेपाल डेभलपमेन्ट इनिसियटिभ (एनईडीआई) को सहकार्यमा कार्यशाला आयोजना गरिएको हो।बुद्धनगरस्थित गैरसरकारी संस्था महासंघको सभाहलमा 'मानसिक स्वास्थ्य र भलाइ'सम्बन्धी एक दिवसीय कार्यशालामा देशका सातै प्रदेशबाट आएका करिब ३० जना युवा सहभागी थिए।

    images
    images

    क्यानडाबाट आएका निहाल कुमार सिंहद्वारा सञ्चालित पहिलो सत्रमा 'भ्रम र यथार्थ” शीर्षक अन्तर्गत डिजिटल उपकरण प्रयोग गरेर अन्तरक्रियात्मक प्रस्तुति दिइयो। सत्रमा मानसिक स्वास्थ्यको परिभाषा, सामना गर्ने उपाय, कसरी सहयोग गर्ने, परिवार,समाज  र संस्कृतिको भूमिका लगायत विषय समेटिएको थियो। सत्रको अन्त्यमा सहभागीहरूले जीवनका तीनवटा कृतज्ञता व्यक्त गर्ने अभ्यास गरे, जसले उनीहरूलाई सहज र सकारात्मक महसुस गरायो। सत्र “इट्स ओके टू नट फिल ओके” भन्ने सन्देशसहित समापन भयो।

    दोस्रो सत्रमा यूथ इनिसियटिभका महासचिव योगेश काफ्लेले शटेक योर इमोसनल टेम्प्रेचर” अभ्यास गराउँदै जोन्स अफ रेगुलेसन  अवधारणामार्फत विचार, भावना र व्यवहारबीचको सम्बन्ध प्रस्ट पारे।डा गोपाल ढकालको अन्तिम सत्र ध्यान अभ्यासबाट सुरु भयो। उनले नेपालको मानसिक स्वास्थ्यको वर्तमान अवस्था, चुनौतीहरू र सुधारका उपायहरूबारे विश्लेषण गरे।मानसिक स्वास्थ्य जागरूकता महिनाको सुरुवात  सन् १९४९ मा संयुक्त राज्य अमेरिकामा मेन्टल हेल्थ अमेरिका (एमएचए)द्वारा सुरु गरिएको हो । यसको उद्देश्य मानसिक स्वास्थ्यप्रति जनचेतना बढाउनु, कलंक हटाउनु र भलाइ प्रवर्द्धन गर्नु हो। सन् २०२५ को मेन्टल हेल्थ अमेरिका (एमएचए) द्वारा घोषित वैश्विक नाराः 'सचेतनालाई क्रियामा रूपान्तरण गरौँ' ले मानसिक स्वास्थ्यमा व्यवहारिक परिवर्तनको आवश्यकता औंल्याउँछ।

    images
    images

    यसै सन्देशलाई आत्मसात् गर्दै आज कार्यक्रमको सुरुवात यूथ इनिसिएटिभकी सचिव सुश्मिता यादवद्वारा स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछिका उद्घाटन मन्तव्यमा गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले नेपाली युवाबीच बढ्दो मानसिक स्वास्थ्य समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्नु आवश्यक रहेको बताए।युवाहरूलाई परिवर्तनका संवाहक र नीतिगत वकालतकर्ता बन्न आह्वान गर्दै यूथ इनिसिएटिभका अध्यक्ष गङ्गा बहादुर गौतम (पवन) र नेपाल युनाइट्सका निर्देशक मोहम्मद रहमानबाट कार्यक्रमको समापन गरिएकद् थियो। सहभागीहरूलाई प्रेरित र उत्साहित बनाउदै सहभागी रबीको साङ्गीतिक प्रस्तुति (गितार र गायन) समेत गरिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend