images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • रातो अङ्गुरले पुरुषको यौन क्षमता बढाउँछ...

रातो अङ्गुरले पुरुषको यौन क्षमता बढाउँछ : अध्ययन

रातो अङ्गुरले पुरुषको यौन क्षमता बढाउँछ : अध्ययन

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौँ । पुरुषमा यौन क्षमताको कमी छ भने भियाग्राको औषधि आजकाल निकै लोकप्रिय भएको छ । धेरैजसो पुरुषले भायग्रा लिन्छन् तर भर्खरै गरिएको एक अनुसन्धानले रातो अङ्गुर यौन क्षमता वृद्धिका लागि औषधि रहित विकल्प हुन सक्ने दाबी गरेको छ । 

    images
    images

    रातो अङ्गुरले पुरुषको यौन शक्तिलाई ८० प्रतिशतले बढाउँछ । रातो अंगुरको जुस नियमित सेवन गरेमा इरेक्टाइल डिसफंक्शन (लिङ्गमा कडापन नहुने) समस्या ८० प्रतिशतसम्म हट्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । अध्ययनले ४० वर्षपछि हरेक पुरुषले हप्तामा कम्तीमा ५ दिन रातो अङ्गुरको जुस पिउनुपर्ने बताएको छ ।डेली मेलको रिपोर्ट अनुसार यसबारे स्वतन्त्र अध्ययन गरिएको हो। यसमा कुनै पनि व्यावसायिक पेय पदार्थ कम्पनीको कोष संलग्न थिएन । यस अध्ययनमा धेरै जुसहरूमाथि अध्ययन गरिएको थियो । 

    अन्य कुनै पनि प्रकारको जुसबाट पुरुषको यौन क्षमतालाई विशेष फाइदा नभएको पाइएको छ । आँप, सुन्तला, अनानास वा टमाटरको जुसले पुरुषको यौन क्षमतामा कुनै असर गर्दैन । वास्तवमा, इरेक्टाइल डिसफंक्शनको समस्या पश्चिमी देशहरूमा धेरै सामान्य छ। बेलायतमा मात्र ४० वर्षपछिका आधा पुरुषहरू इरेक्टाइल डिसफंक्शनको सिकार भएका छन् । यस्ता व्यक्तिहरूलाई मधुमेहको खतरा बढी हुन्छ। बेलायतमा यो रोगसँग लड्न मानिसहरूले वर्षमा १ करोड ३० लाख पाउण्डको भायग्रा उपभोग गर्छन्। भायाग्रा बाहेक अर्बौँ रुपैयाँको अन्य औषधि पनि मानिसले खाने गरेका छन् ।

    images
    images

    स्वस्थ आहार र नियमित व्यायामले इरेक्टाइल डिसफंक्शनको जोखिम कम गर्ने धेरै अघिल्ला अध्ययनहरूले पत्ता लगाएका छन् । तर अहिलेसम्म कुनै खास चीज खाँदा पुरुषमा यौन क्षमता बढ्छ भन्ने थाहा थिएन । यो अध्ययन चीनको तियानजिन मेडिकल युनिभर्सिटीका शोधकर्ताहरूले गरेका हुन् । यस अध्ययनमा १५०० मध्यम उमेरका मानिसहरूमाथि अध्ययन गरिएको थियो। ती व्यक्तिहरूको स्वास्थ्य तथ्याङ्क सङ्कलन गरिएको थियो। यसमा कति मानिसमा यौन क्षमताको कमी छ भनेर अनुसन्धान गरिएको थियो । यौन क्षमता कम भएका व्यक्तिलाई ९ प्रकारका पेय पदार्थ खुवाइएपछि उनीहरूको यौन क्षमता जाँचियो । त्यसपछि रातो अङ्गुरको जुस बाहेक अन्य कुनै जुसले यौन क्षमतामा कुनै परिवर्तन नभएको पत्ता लाग्यो । 

    रातो अङ्गुर खाने पुरुषहरूमा इरेक्टाइल डिसफंक्शनको समस्या थिएन। अध्ययनले यो पनि पत्ता लगायो कि अन्य कुनै पनि रंगको अङ्गुरले यौन क्षमतामा कुनै फाइदा प्रदान गर्दैन। शोधकर्ताहरूका अनुसार रातो अंगूरमा वनस्पति रासायन फेनोल्सको मात्रा सबैभन्दा बढी हुन्छ जसले रक्त धमनीहरूलाई स्वस्थ राख्छ र जसका कारण रगतको प्रवाह पुरुषको लिङ्गतर्फ बढ्न थाल्छ।

    एजेन्सी

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend