images

२०८३ आश्विन १६ गते

images
images
images

अब भिजिट भिसामा थाइल्यान्ड जान आर्थिक प्रमाण अनिवार्य !

अब भिजिट भिसामा थाइल्यान्ड जान आर्थिक प्रमाण अनिवार्य !

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं।  थाइल्यान्डले भिजिट भिसामा नयाँ व्यवस्था लागु गरेको छ । थाइल्यान्डको विदेश मन्त्रालयले भिजिट भिसा प्राप्त गर्न अब अनिवार्य रूपमा आर्थिक प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको हो । 

    images
    images

    नयाँ व्यवस्था अनुसार अब थाइल्यान्ड जान चाहने पर्यटकहरूले कम्तीमा २० हजार थाई भाट आफूसँग भएको प्रमाण पेश गर्नुपर्ने छ। यो भनेको ८२ हजार नेपाली रुपैयाँ हो । यो रकम बराबरको प्रमाण पछिल्लो ३ महिनाको बैंक स्टेटमेन्ट वा स्पन्सरसिप पत्रको रूपमा पेश गर्न सकिन्छ।यसबाहेक पर्यटक भिसा पाउन कम्तीमा ६ महिनाको वैधता भएको पासपोर्ट, होटल बुकिङ वा स्पन्सरको विवरणसँगै राउन्ड ट्रिप टिकट समेत आवश्यक पर्ने छ । 

    थाइल्यान्डले डेढ वर्षपछि पुनः यो व्यवस्था लागु गरेको हो । यसअघि पर्यटक बढाउन भन्दै सन् २०२३ को नोभेम्बरमा आर्थिक प्रमाण चाहिने व्यवस्था हटाइएको थियो । थाइल्यान्ड विदेश घुम्न जाने नेपालीहरूको प्रमुख गन्तव्य समेत हो । सन् २०२३ मा मात्रै २१ हजार २६० नेपालीलाई थाइल्यान्डले पर्यटक भिसा दिएको थियो ।त्यसैले नयाँ व्यवस्था बारे थाइल्यान्ड जाने नेपाली समेत जानकार रहन आवश्यक छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend