images

२०८३ आश्विन १७ गते

images
images
images

मानुषी लघुवित्तमा रोजगारीको अवसर

मानुषी लघुवित्तमा रोजगारीको अवसर

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले सुपरभाईजर/वरिष्ठ सहायक (शाखा प्रमुख) २ जना, सहायक ५ जना र कनिष्ठ सहायक २ जना माग गरेको हो।

    images
    images

    सुपरभाईज/वरिष्ठ सहायक (शाखा प्रमुख) का लागि स्नातक उत्तीर्ण गरी लघुवित्तमा २ वर्ष काम गरेको वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी ३ वर्ष काम गरेको हुनु पर्नेछ।त्यस्तै सहायकका लागि प्रविणता प्रमाणपत्र तह वा प्लसटू उत्तीर्ण गरी लघवित्तमा २ वर्ष कनिष्ठ सहायकको रूपमा काम गरेको र कनिष्ठ सहायकका लागि एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्तमा १ वर्षको काम गरेको हुनु पर्नेछ।

    उमेरको हकमा पुरुषका लागि १८ वर्ष पूरा भई ३५ ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ। कम्प्यूटर सम्बन्धी ज्ञान भएका र बाइकको लाइसेन्स भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।इच्छुक व्यक्तिले अबको १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend