images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • आईपीओ अनुमति पाइपलाइनमा रहेका १४ कम्पनीहरूको...

आईपीओ अनुमति पाइपलाइनमा रहेका १४ कम्पनीहरूको आवेदन अस्वीकृत

आईपीओ अनुमति पाइपलाइनमा रहेका १४ कम्पनीहरूको आवेदन अस्वीकृत

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौँ । धितोपत्र बोर्डले आईपीओ निष्कासन पाइपलाइनमा रहेका १४ कम्पनीहरूको आवेदन अन्तिम समयमा आएर अस्वीकृत गरेको छ ।बोर्डले आईपीओको तयारीमा रहेका १४ वटा कम्पनीको आवेदन अस्वीकृत गर्दै सोमवार नै पाइपलाइनबाट हटाएको हो ।

    images
    images

    आईपीओ अनुमतिको आवेदन अस्वीकृत ६ वटा जलविद्युत कम्पनी, चार पर्यटन क्षेत्र, एक सञ्चार प्रतिष्ठान, दुई औषधि उद्योग र एक हेलिकप्टर कम्पनी रहेका छन् । हटाइएका कम्पनीमध्ये १३ वटा कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएकाले हटाएर पुनः पुन निवेदन पेस गर्न बोर्डले भनेको छ । एक विद्युत कम्पनीको विद्युत् खरिद सम्झौता (पीपीए) अवधि ५ वर्ष रहेकाले अस्वीकृत भएको बोर्डले जनाएको छ । स्रोतका अनुसार अब यी कम्पनीले नेटवर्थ ९० रुपैयाँ वा सो भन्दा बढी पुर्‍याएर पुन आवेदन दिनु पर्ने छ । 

    आईपीओ पाइपलाइनबाट हटाइएका १४ कम्पनीको सूची

    images
    images

    –सानिमा हाइड्रोपावर लिमिटेड

    –रिचेत जलविद्युत कम्पनी लिमिटेड

    –बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड

    –लाफिङ बुद्ध पावर नेपाल लिमिटेड

    –युनिक हाइडेल कम्पनी लिमिटेड

    –पुवा खोला वान हाइड्रोपावर लिमिटेड

    –एकर्ड फर्मासुटिकल्स लिमिटेड

    –सोपान फर्मासुटिकल्स लिमिटेड

    –एपेक्स हस्पिटालिटी लिमिटेड

    –अर्किड होल्डिङ लिमिटेड

    –अन्नपूर्ण केवलकार

    –प्रभु हेलिकप्टर लिमिटेड–

    –ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेड

    –कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडको आवेदन अस्वीकृत भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend