images

२०८३ आश्विन २० गते

images
images
images

डीडीसीले मात्रै दुध किसानलाई ८५ करोड तिर्न बाँकी

डीडीसीले मात्रै दुध किसानलाई ८५ करोड तिर्न बाँकी

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौँ । दुध उत्पादक किसानलाई दुग्ध विकास संस्थानले मात्रै ८५ करोड रुपैयाँ तिर्न बाँकी छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वैशाख मसान्तसम्म सो बराबरको भुक्तानी बाँकी रहेको उल्लेख गरेका हुन् । सोमबार प्रतिनिधिसभा बैठकमा विषयगत मन्त्रालयसँग प्रश्नोत्तर कार्यक्रममा सांसद प्रेम सुवालले कृषिमन्त्रीलाई ‘दुध उत्पादक किसानलाई ५ अर्ब तिर्न बाँकी भएको कुरा सत्य हो कि होइन ?’ भनेर सोधेका थिए ।

    images
    images

    जवाफमा अधिकारीले दुग्ध विकास संस्थानबाट ८५ करोड भुक्तानी बाँकी रहेको र अन्य निजी क्षेत्रका डेरीबाट पनि भुक्तानी बाँकी रहे पनि यति नै भन्ने यकिन नभएको जवाफ दिएका थिए । ‘पाँच अर्ब नै चाहिँ होइन, तर बक्यौता बाँकी छ । बाँकी भएपछि अलिकति धेरै भन्दा पनि आपत्ति भएन,’ मन्त्री अधिकारीले भने, ‘आज चाहिँ दुधको पैसा बाँकी छ भन्न नपर्ला भनेको, भन्नैपर्यो, तर हामी छिटोभन्दा छिटो भुक्तानी दिने प्रयासमा छौँ ।’

    उनले अहिलेसम्म देश दुध, कुखुराको मासु र अण्डामा मात्रै आत्मनिर्भर भएको बताएका छन् । फलफूल तरकारी लगायतमा आत्मनिर्भर हुने सम्भावना रहे पनि अहिलेसम्म त्यस्तो अवस्था भइनसकेको उनको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend