images

२०८३ आश्विन १८ गते

images
images
images

लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा आकर्षक अफर

लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा आकर्षक अफर

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौँ।  कनेक्ट आइपिएसले कनेक्ट आइपिएसबाट लाइफ इन्स्युरेन्स प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी ‘सुरक्षासँगै क्यासब्याक, केनेक्ट आइपिएसको साथ’ अफर सार्वजनिक गरेको छ । कम्पनीले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी उक्त अफर सार्वजनिक गरेको हो । सो अफरअन्तर्गत कनेक्ट आइपिएसबाट लाइफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले एक हजार रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नु हुनेछ भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकम बराबर वा अधिकतम् २० हजार रूपैयाँसम्म रकम फिर्ता पाउन सक्नेछन् । 

    images
    images

    त्यस्तै, ‘लक्की ड्र’मार्फत छानिएका १० साप्ताहिक विजेताहरूको जानकारी हप्ता सकिए पश्चात तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछि कनेक्ट आइपिएसको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरूमार्फत सार्वजनिक गरिने छ ।कनेक्ट आइपिएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आइपिएस गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा उक्त अफर लागू हुनेछ । उक्त प्रणालीमार्फत सबै लाइफ र केहि माइक्रो लाइफ गरी १७ वटा कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।  

    बैंकका ग्राहकहरूका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरू गर्नका निम्ती अत्याधिक प्रयोग हुने एक सजिलो माध्यमको रूपमा कनेक्ट आइपिएसको विस्तार हुँदै आएको छ । कनेक्ट आइपिएसको वेबमार्फत प्रतिकारोबार रू २० लाखसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । 

    images
    images

    यसमार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपाल  पे क्यूआरलगायतका थुप्रै प्रकारका भुक्तानीहरू गर्न सकिन्छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend