images

२०८३ आश्विन २१ गते

images
images
images

सन्धिखर्कमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

सन्धिखर्कमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • अर्घाखाँची।  जिल्लाको सन्धिखर्क नगरपालिकाका दुई स्थानमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएका छन् । दुई स्थानका शिविरबाट चार सय जनाले स्वास्थ्य परीक्षण गरेका हुन् । गाउँघरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकामा स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    images
    images

    सन्धिखर्क नगरपालिका, डिभर्ना आयुर्वेद औषधालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क–४ र ५ लाई लक्षित गरेर बाङ्लामा र सन्धिखर्क–११ को डिभर्नामा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलकजङ्ग जनैदारले बताए । शिविरमा हाडजोर्नी दुख्ने, बाथ रोग भएका, स्त्रीरोगसँगै सामान्य पेटसम्बन्धी समस्या भएका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

    शिविरमा स्वास्थ्य परीक्षणसँगै परामर्श, सुगर, प्रेसर जाँच गर्नुका साथै निःशुल्क रूपमा औषधि वितरण गरिएको थियो । शिविरमा आयुर्वेद चिकित्सक डा महेश भुसाल र औषधालयका प्रमुख जनैदारले सेवा दिएका थिए । बाङ्गलामा भएको कार्यक्रममा सन्धिखर्क–४ का वडाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष ऋषभ अधिकारी, सन्धिखर्क नगरपालिकाका लेखा शाखा प्रमुख नवराज गौतम, आयुर्वेद चिकित्सक डा आशिष चौधरी, जीवनोद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापक नामबहादुर भाट, सन्धिखर्क नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रकाश परियारलगायतले शिविर सफलताको शुभकामना दिएका थिए । 

    images
    images

    डिभर्नामा भएको शिविरको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । श्रेष्ठले व्यक्तिको ठूलो सम्पत्ति भनेको स्वास्थ्य भएकाले आफ्नो शरीरलाई सधैँ स्वस्थ, मस्त र व्यस्त राख्नुपर्नेमा जोड दिए । उनले आयुर्वेदिक चिकित्सा प्रणाली अपनाउन सकेमा जीवन सहज हुने भन्दै शिविरबाट सेवा लिन स्थानीयलाई आग्रहसमेत गरे ।शिविरको उद्घाटन समारोहमा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा नं ११ का वडाध्यक्ष चेतनारायण आचार्य, औषधालयका वैद्य टेकनाथ भुसाललगायतले धारणा राखेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend