images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्से ३.७७ अंकले घट्यो, ८...

नेप्से ३.७७ अंकले घट्यो, ८ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार

नेप्से ३.७७ अंकले घट्यो, ८ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • काठमाडौं । लगातार घट्दोक्रममा रहेको सेयर बजारले आइतबार पनि निरन्तरता पाएको छ ।साताको कारोकारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७७ अंकले घटेर २६०८.०७ विन्दुमा रोकिएको छ । यसअघिका पाँच कारोबार दिन पनि नेप्से लगातार घटेको थियो ।

    images
    images

    आइतबार नेप्सेमा कुल ८ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि भने नेप्सेमा ६ अर्ब ७७ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।आइतबार कारोबारमा आएकामध्ये १०० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    आइतबार ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा छ्याङ्दी हाइड्रापावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।आज कर्पोरेट विकास बैंकको सेयर मूल्य भने सर्वाधिक अर्थात् ९.७८ प्रतिशतले घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend