images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • अमृत साइन्स क्याम्पस वरिपरि आपत्तिजनक...

अमृत साइन्स क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने

अमृत साइन्स क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • काठमाडौँ । अमृत साइन्स (अस्कल) क्याम्पस वरिपरि आपत्तिजनक साग्रगीको विज्ञापन गर्न नपाइने भएको छ । अमृत क्याम्पस स्ववियुले एक विज्ञप्ति जारी गर्दै क्याम्पस वरिपरि स्पा, थेरापी जस्ता विषयहरूको विज्ञापन गरिएको भन्दै त्यसलाई रोक लगाएको हो । यस्ता विज्ञापनले शैक्षिक क्षेत्रको वातावरणमा नकारात्मक असर पर्ने देखिएको भन्दै स्ववियु अध्यक्ष रुद्रहरि पोखरेलले क्यापस वरपर यस्ता खालका विज्ञापन गर्न रोक लगाइएको बताए । त्यस्ता विज्ञापनहरू तत्काल हटाउन अनुरोध गरिएको र नहटाएको खण्डमा स्ववियुले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिए । 

    images
    images

    अमृत क्याम्पस वरपरको सडक छेउका पोलहरूमा स्पा, थेरापी जस्ता विज्ञापन गरिएको छ । विद्युतीय पोलहरूमा राखिएको त्यस्ता खालका विज्ञापनहरूले शैक्षिक वातावरणमा नकारात्मक असर परेको अध्यक्ष पोखरेलको भनाइ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend