images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • ओमोडा एन्ड जेइकोले गर्यो ‘स्विच एन्ड...

ओमोडा एन्ड जेइकोले गर्यो ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक

ओमोडा एन्ड जेइकोले गर्यो ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं । नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्सले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ नामसहित सीमित अवधिको लागि एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यो योजना २०८२ जेठ ४ देखि १० गतेसम्म ‘ओमोडा इ-फाइभ’ र ‘जेइको जे-सिक्स’ मोडलहरूमा लागू हुनेछ। यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू  हुनुअघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ।

    images
    images

    ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’अन्तर्गत ग्राहकहरूले विभिन्न फाइदाहरूको मज्जा लिन सक्नेछन् जसमा निःशुल्क १ वर्षको बीमा, एउटा निःशुल्क ७ किलोवाटको चार्जर, र ब्याट्री र मोटरमा ८ वर्ष वा १६०,००० किमिको वारन्टी समावेश रहेको छ। ८०% फाइनान्सिङ सहित मात्र रू. ५५,९९,००० बाट सुरु हुने गाडीहरूको डेलिभरि, जेठ १७ तदनुसार मे ३१ अघि नै निश्चित गर्ने ग्राहकहरूको लागि उत्साहजनक पुरस्कारहरूको व्यवस्था गरिएको छ। 

    जसअनुसार गाडी डेलिभरि गरिएकाहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन्, एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन्। त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन्। साथै, दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन्।नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ। यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको हो। यो योजनाले विद्युतीय गाडीहरूमा प्रारम्भिक लागत बढ्नुअघि नै विशेष लाभहरूसहित गाडी खरिद वा अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गर्दछ। 

    images
    images

    एसपिजि अटोमोबाइल्स, नेपाली अटोमोबाइल बजारमा नवीन र दिगो गतिशीलताका समाधानहरू प्रदान गर्न प्रतिबद्ध छ। भविष्यको लागि अटल दृष्टिकोणका साथ, ओमोडा एन्ड जेइकोले ग्राहकहरूलाई उत्कृष्ट मूल्य र प्रिमियम अनुभवसँगै अत्याधुनिक विद्युतीय गाडीहरू उपलब्ध गराउन तत्पर रहेको छ। एसपिजि अटोमोबाइल्स, विद्युतीय गाडी रुचाउने तथा खरिद र अपग्रेड गर्न चाहने सम्पूर्णलाई नजिकैको ओमोडा एन्ड जेइको सोरुम भ्रमण गर्न र सीमित समयको लागि लागू हुने अफरहरूको लाभ लिन आह्वान गर्दछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend