images

२०८३ आश्विन १९ गते

images
images
images

पाल्पाका स्थानीय तहको बेरुजु २० करोड ३८ लाख

पाल्पाका स्थानीय तहको बेरुजु २० करोड ३८ लाख

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • रामपुर (पाल्पा)। पाल्पाको स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा २० करोड ३८ लाख ९४ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बासट्ठिऔं वार्षिक प्रतिवेदन अनुसार लेखापरीक्षण भएको कुल रकम मध्ये १ दशमलव ५३ प्रतिशत बेरुजु देखिएको हो ।गत आर्थिक वर्षमा जिल्लाका १० स्थानीय तहको १३ अर्ब ३३ करोड ६८ लाख सात हजार रुपियाँ लेखापरीक्षण भएको थियो । प्रतिवेदन अनुसार दुई नगरपालिका र आठ गाउँपालिका मध्ये प्रतिशतको आधारमा तानसेन नगरपालिकामा सबैभन्दा बढी र रैनादेवी छहरा गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । तानसेनमा २ दशमलव २९ र रैनादेवी छहरामा ० दशमलव ४६ प्रतिशत बेरुजु औल्याएको छ ।

    images
    images

    त्यस्तै निस्दी गाउँपालिकामा २ दशमलव ०७ प्रतिशत, रामपुर नगरपालिकामा २ दशमलव ०५ प्रतिशत, पूर्वखोला गाउँपालिकामा १ दशमलव ७१ प्रतिशत,  तिनाउ गाउँपालिकामा १ दशमलव ६५ प्रतिशत, माथागढी गाउँपालिकामा १ दशमलव ५७ प्रतिशत,  बगनासकाली गाउँपालिकामा १ दशमलव १८ प्रतिशत,  रम्भा गाउँपालिकामा ० दशमलव ८९ प्रतिशत र रिब्दीकोट गाउँपालिकामा ० दशमलव ५६ प्रतिशत बेरुजु देखिएको छ ।

    प्रतिवेदन अनुसार तानसेन नगरपालिकामा दुई अर्ब १६ करोड ५८ लाख ९७ हजार लेखापरीक्षण गर्दा चार करोड ९५ लाख ८८ हजार बेरुजु देखिएको छ । रामपुर नगरपालिकाको एक अर्ब ६३ करोड ५५ लाख ५४ हजार लेखापरीक्षण गर्दा तीन करोड ३६ लाख चार हजार बेरुजु छ ।

    images
    images

    यस्तै तिनाउ गाउँपालिकाको एक अर्ब चार करोड ६७ लाख ६९ हजार लेखापरीक्षण गर्दा एक करोड ७२ लाख ८९ हजार, निस्दी गाउँपालिकाको एक अर्ब ३३ करोड ८३ लाख २० हजार लेखापरीक्षण गर्दा दुई करोड ७७ लाख २३ हजार, पूर्वखोला गाउँपालिकाको एक अर्ब १२ करोड ६१ लाख पाँच हजार लेखापरीक्षण गर्दा एक करोड ९३ लाख ७ हजार, बगनासकाली गाउँपालिकाको एक अर्ब १७ करोड ८९ लाख ४५ हजार लेखापरीक्षण गर्दा एक करोड ३८ लाख ६० हजार, माथागढी गाउँपालिकाको एक अर्ब ३२ करोड ८३ लाख सात हजार लेखापरीक्षण गर्दा दुई करोड सात लाख ८४ हजार, रम्भा गाउँपालिकाको एक अर्ब चार करोड एक लाख ७१ हजार लेखापरीक्षण गर्दा ९२ लाख १३ हजार, रिब्दीकोट गाउँपालिकाको एक अर्ब १२ करोड ४१ लाख ४४ हजार लेखापरीक्षण गर्दा ६२ लाख ९३ हजार र रैनादेवी छहरा गाउँपालिकाको एक अर्ब ३६ करोड १० लाख ६५ हजार लेखापरीक्षण गर्दा ६२ लाख ३३ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख  छ । 

    अघिल्लो वर्षहरूको तुलनामा जिल्लाका स्थानीय तहहरूको बेरुजु घट्दै गएको देखिन्छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा २७ करोड ९० लाख ९२ हजार र २०७८/०७९ मा ४१ करोड ३३ लाख १८ हजार रुपियाँ बेरुजु देखिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend