images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • कुलेखानी–कलंकी–हुमाने सडक आज देखि १९ दिन...

कुलेखानी–कलंकी–हुमाने सडक आज देखि १९ दिन बन्द हुने

कुलेखानी–कलंकी–हुमाने सडक आज देखि १९ दिन बन्द हुने

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौँः प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडक मध्ये कुलेखानी–कलंकी–हुमाने सडक आज शुक्रबार देखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न चालकहरूलाई अनुरोध गरेको छ।

    images
    images

    नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अफठ्यारो नहोस् भनेर उक्त सूचना जानकारी गराइएको बताएका छन्।

    मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ।

    images
    images

    प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘नेपाल प्रहरी हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ) सडक प्रयोग गरी आवागमन गर्नु,गराउनु हुन समेत सम्बन्धित सबैलाई जानकारी गराउँदछौं।’

    स्थानीय प्रशासन तथा स्थानीय तहबीचको समन्वयमा सवारीसाधन बन्द गरेरै उक्त सडक निर्माण गर्न लागिएको जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend