काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई भारतमा कारखाना निर्माण नगर्न अनुरोध गरेका छन् ।ट्रम्पले आइफोनको उत्पालन नसार्न एप्पल इंकका टिम कुकलाई आग्रह गरेको इकोनोमिक टाइम्सले लेखेको छ । ट्रम्पले आइफोन निर्माता कम्पनीको चीनबाहिर उत्पादन विस्तार गर्ने योजनालाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो कतार भ्रमणका क्रममा एप्पलका प्रमुख कार्यकारी अधिकृतसँगको संवादबारे बताउँदै भने, “मेरो टिम कुकसँग थोरै समस्या भयो । उनी भारतभर (कारखाना) निर्माण गरिरहेका छन् । म चाहन्न भारतमा निर्माण होस् ।” ट्रम्पले थप भने, “हाम्रो छलफलपछि एप्पल अब अमेरिकामै आफ्नो उत्पादन वृद्धि गर्दैछ।”ट्रम्पले भारतमा कारखाना निर्माण गर्न रुचि र चासो नरहेको र भारत आफ्नो हेरचाह गर्न आफैं सक्षम रहेको पनि राष्ट्रपति ट्रम्पले बताएका छन् । भारतमा विश्वकै सबैभन्दा उच्च भन्सार अवरोधहरु रहेको र त्यहाँ अमेरिकी उत्पादनहरु बिक्री गर्न निकै कठिन रहेको पनि ट्रम्पले भनेका छन् ।
यद्दपि, भारतले अमेरिकी सामानहरुमा लाग्ने भन्सार शुल्क घटाउने प्रस्ताव राखेको र शुल्क सम्झौताका लागि पहल गरिरहेको पनि ट्रम्पले थपेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले आउँदो वर्षको अन्त्यसम्ममा अमेरिका पठाइने अधिकांश आइफोन भारतबाट उत्पादन गर्ने एप्पलको योजनामा अवरोध ल्याएको छ ।




.gif)





