images

२०८३ आश्विन १९ गते

images
images
images

बागलुङका दश पालिकाको बेरुजु २५ करोड ७२ लाख बढी

बागलुङका दश पालिकाको बेरुजु २५ करोड ७२ लाख बढी

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • काठेखोला (बागलुङ) । बागलुङ जिल्लाका दश स्थानीय तहमा आर्थिक वर्ष २०८०-०८१ मा रु. २५ करोड ७२ लाख रुपियाँ बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले मंगलबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार बागलुङका १० वटा स्थानीय तहमा रु. २५ करोड ७२ लाख २ हजार रुपियाँ बेरुजु देखिएको हो । जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७९-८० को तुलनामा बेरुजु घटाएका छन् । आर्थिक वर्ष २०७९-८० मा महालेखाको प्रतिवेदन अनुसार बागलुङका स्थानीय तहमा रु. ३४ करोड ४२ लाख २५ हजार रुपियाँ बेरुजु देखिएको थियो ।

    images
    images

    बजेट अनुपातका आधारमा बागलुङमा सबैभन्दा बढी रकम बेरुजु जैमिनी नगरपालिकामा (३.५१ प्रतिशत) र सवैभन्दा कम बेरुजु गलकोट नगरपालिकामा (०.७१ प्रतिशत) देखिएको छ । जैमिनी नगरपालिकाको रु. १ अर्ब ७२ करोड ७७ लाख ६८ हजार रुपियाँको लेखापरीक्षण गरेकोमा रु. ६ करोड ७ लाख १६ हजार रुपियाँ बेरुजु देखिएको छ । यस्तै गलकोट नगरपालिकाको १ अर्ब ६७ करोड २० लाख ७५ हजार रुपियाँ लेखापरीक्षण गरेकोमा रु. रुक करोड १८ लाख ७२ हजार रुपियाँ मात्र बेरुजु देखिएको छ । 

    महालेखाको प्रतिवेदन अनुसार बागलुङ नगरपालिकाको रु. २ अर्ब ७२ करोड २२ लाख ७३ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. ४ करोड ४५ लाख ७९ हजार रुपियाँ, ढोरपाटन नगरपालिकाको रु. १ अर्ब २२ करोड ८२ लाख ८५ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. ६ करोड ७ लाख १६ हजार रुपियाँ र काठेखोला गाउँपालिकाको रु. १ अर्ब ३३ करोड ५ लाख ४३ हजार रुपियाँ लेखापरीक्षण गर्दा ३ करोड ९७ लाख ११ हजार रुपियाँ बेरुजु रहेको छ ।यस्तै, तमानखोला गाउँपालिकाको रु. ६५ करोड २४ लाख ४६ हजार रुपियाँको लेखापरीक्षण गर्दा रु. १ करोड २० लाख ९० हजार रुपियाँ, ताराखोला गाउँपालिकाको रु. ७४ हरोड १७ लाख २४ हजार रुपियाँ लेखा परीक्षण गर्दा रु. २ करोड २८ लाख ४५ हजार रुपियाँ, निसीखोला गाउँपालिकाको रु. १ अर्ब ८ करोड ५१ लाख १५ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. १ करोड ४८ लाख २६ हजार रुपियाँ, बडिगाड गाउँपालिकाको रु. १ अर्ब ६१ करोड १३ लाख ८४ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. १ करोड ७३ लाख ६३ हजार रुपियाँ र बरेङ गाउँपालिकाको रु. ८१ करोड १३ लाख ८४ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. ७७ लाख ७७ हजार रुपियाँ बेरुजु भएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend