images

२०८३ आश्विन १८ गते

images
images
images

मुस्ताङको ठिनी खोलामा मोटरेबल पुल बन्दै

मुस्ताङको ठिनी खोलामा मोटरेबल पुल बन्दै

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ ।

    images
    images

    गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले चार करोड ४६ लाख रुपैयाँमा बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो ।

    उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका अनुसार २०८३ साउन अन्त्यसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ । पुल ३५ मिटर लामो र दुवैतर्फ दुई दशमलव चार मिटर पैदलमार्गसहित आठ दशमलव चार मिटर चौडा हुनेछ । हालसम्म भौतिक ४५ र वित्तीय प्रगति ३७ प्रतिशत भएको छ ।

    images
    images

    यसैबीच, प्रदेश सरकारले घरपझोङ गाउँपालिकाको थाक पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, ढुम्बा, स्याङ, छैरो–चिमाङ र मार्फा जोड्ने १० दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend