images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि, दुई लाख...

एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि, दुई लाख परीक्षार्थी सहभागी हुँदै

एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि, दुई लाख परीक्षार्थी सहभागी हुँदै

images
images
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरू हुँदैछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । 

    images
    images

    यो वर्ष एसईईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । 

    पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ  अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ। 

    images
    images

    परीक्षा बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार सहभागी हुँदैछन् । एक महिनाअघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । 

    नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend