images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • प्रमुख सरकारी स्वास्थ्य संस्थामा अर्ब बढी...

प्रमुख सरकारी स्वास्थ्य संस्थामा अर्ब बढी मूल्यका मेडिकल उपकरण प्रयोगविहीन

प्रमुख सरकारी स्वास्थ्य संस्थामा अर्ब बढी मूल्यका मेडिकल उपकरण प्रयोगविहीन

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । देशका प्रमुख स्वास्थ्य संस्थामा अर्ब बढी मूल्य पर्ने मेडिकल उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ ।महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदन अनुसार उक्त तथ्य खुलासा भएको हो ।प्रतिवेदन अनुसार कोशी अस्पतालले विगतमा खरिद गरेको भेन्टिलेटर लगायतका २ करोड ८ लाख ६५ हजारको ५ प्रकारका उपकरणहरू प्रयोगविहीन अवस्थामा छन् ।

    images
    images

    त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा विगतमा आफैंले खरिद गरेको र स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको भेन्टिलेटर, पेसेन्ट मनिटर लगायतका ४ करोड २९ लाख ६५ हजारको ७ प्रकारका उपकरण प्रयोगविहीन अवस्थामा फेला परेका छन् ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई विगतमा स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको ५ करोड ५९ लाख ४९ हजारको पोर्टेबल यूएसजी मेसिन र ११ थान भेन्टिलेटर पनि प्रयोगमा नआएको पाइएको छ ।सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ करोड २५ लाखको प्लाज्मा स्टेरलाइजर मेसिन १ थान लगायतका अत्याधुनिक उपकरणहरू समेत प्रयोगविहीन अवस्थामा रहेका छन् ।

    images
    images

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ प्रयोजनका लागि स्थापना गरिएको १०० बेडको अस्पताल, जसलाई पछि डेंगु उपचारको लागि प्रयोगमा ल्याइएको थियो । हाल भेन्टिलेटरसहित मात्र २० बेड आईसीयू सञ्चालनमा रहेको छ । उक्त अस्पतालमा रहेका उपकरण २४ करोड ५१ लाख ५२ हजार महालेखाको प्रतिवेदनले जनाएको छ ।

    यसैबीच, ट्रमा सेन्टर अस्पतालमा मुटु रोगको उपचारमा प्रयोग हुने अमेरिकी डलर ५० हजार ५०० मूल्यको क्याथल्याब मेसिन (करिब ६७ लाख रुपैयाँ ), २ करोड ५१ लाख ३२ हजारको १४ थान भेन्टिलेटर, ८६ लाख ११ हजार ५ थान सीआर्म मेसिन र ९९ लाख ६६ हजारको क्याकमान काउन्टर बिग्रिएका कारण सञ्चालनमा आउन सकेका छैन ।विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणहरूको सञ्चालन सम्बन्धमा अनुगमन गरी लगत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको प्रतिवेदनले औंल्याएका छ ।विज्ञका अनुसार महँगा उपकरणहरू प्रयोगविहीन हुनुको पछाडि मर्मत–सम्भारको कमी, प्राविधिक जनशक्तिको अभाव र व्यवस्थापकीय कमजोरी मुख्य कारण हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend