images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स...

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौँ । समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।अन्तरराष्ट्रिय नर्सिङ दिवस–२०२५ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाद्वारा आयोजित कार्यक्रममा यसरी सम्मानित हुनेमा चन्द्रागिरि नगरपालिका–१५ मा सेवारत सामुदायिक स्वास्थ्य नर्स पार्वती पङ्गेनी पौडेल, बर्दिवास नगरपालिका–१४ मा सेवारत सामुदायिक नर्स अनिसा थापा, वालिङ नगरपालिका–१ मा सेवारत सामुदायिक स्वास्थ्य नर्स सृष्टि मल्ल रहेका छन् ।

    images
    images

    यसैगरी तिलोत्तमा नगरपालिकास्थित गौतमबुद्ध उच्च माविमा सेवारत नर्स मुना ज्ञवाली, गोरखा नगरपालिकास्थित गोरखा माविमा सेवारत नर्स ममता लामिछाने, रोशी गाउँपालिकास्थित रोशी माविका सेवारत नर्स विमला हायु र काठमाडौँ महानगरपालिका रत्नराज्य उच्च माध्यमिक विद्यालयमा सेवारत विद्यालय नर्स सविता रेग्मी रहेका छन् ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.टङ्क बाराकोटी, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हीराकुमारी निरौलाले उनीहरुलाई दोसल्ला ओढाइ सम्मान गर्दै समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा विद्यालय तथा सामुदायिक नर्सको भूमिकाले सकारात्मक नतिजा ल्याएको बताइन् । चन्द्रागिरि नगरपालिका, जनस्वास्थ्य शाखामा कार्यरत वरिष्ठ नर्सिङ अधिकृत विष्णुमाया रिजालले चन्द्रागिरि नगरपालिकाभित्र १५ जना  विद्यालय तथा सामुदायिक नर्स कार्यरत रहेको जानकारी दिइन् । उनले भनिन्, ‘चन्द्रागिरि नगरपालिकाका विद्यालय तथा सामुदायिक नर्सले स्वास्थ्य प्रवद्र्धनमा उल्लेखनीय काम गरेका छन् । यसमा नगरपालिका सम्मानित हुनु गौरवको कुरा हो ।’रासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend