काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। निफ्राले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको हो। बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
नेपाल धितोपत्र बोर्डले निफ्रालाई ‘निफ्रा ऊर्जा डिबेन्चर’ नामक ऋणपत्र जारी गर्न अनुमति दिएको छ। निफ्राले १ हजार रुपैयाँ अंकित दरको कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्ने भएको छ।
निफ्राले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने भएको छ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्ने भएको छ। निफ्राको यो ऋणपत्र ७ वर्षे अवधिको हो भने यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउने छन्।




.gif)





