images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्यमन्त्रीको सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य...

स्वास्थ्यमन्त्रीको सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री सहजीकरण गर्न पहल

स्वास्थ्यमन्त्रीको सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री सहजीकरण गर्न पहल

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं । नेपाल औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सहजीकरण पहल थालेका छन्।

    images
    images

    लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजल लगायतका औषधि बिक्री नभएको गुनासोपछि मन्त्री पौडेलले सरकारी नियमअनुसार नै तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधि बिक्री सहजीकरणका लागि चाल्न सकिने कदमबारे वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीहरूसँग छलफल गरेका हुन्।

    ‘आम नागरिकलाई सुपथ मूल्यमा उपलब्ध हुने औषधि प्राप्तिको निरन्तरताका लागि पनि लिमिटेडका उत्पादन निरन्तर हुनु जरुरी छ,’ मन्त्री पौडेलले भने, ‘विश्व स्वास्थ्य संगठनमार्फत गुणस्तर प्रमाणित गर्न पनि हामीले सहयोग गरेका छौँ। उत्पादन सरकारी संस्थामा पुर्‍याउनका लागि के कसरी सहजीकरण गर्न सकिन्छ हामी तयार छौँ।’मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा अनिवार्य उपलब्ध हुनुपर्ने ९८ प्रकारका औषधिका लागि समेत उद्योगबाट खरिद गर्न सकिने विकल्पका लागि गृहकार्य अघि बढाउने बताए।

    images
    images

    मन्त्रालयमा सम्पन्न बैठकपछि लिमिटेडका उत्पादन तीनै तहका सरकारी स्वास्थ्य संस्थामा प्राप्ति गर्ने वातावरण मिलाउन सहजीकरणका लागि भन्दै समिति गठन भएको छ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लिमिटेड लगायतका अधिकारी रहने गरी समिति गठन भएको हो।

    बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, महाप्रबन्धक कैलाशकुमार पनेरु समेत सहभागी थिए।समितिको सुझावका आधारमा आवश्यक निर्णय गरेर अघि बढ्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend