images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • ३१ लाख पुगे फिक्स्ड इन्टरनेट ग्राहक,...

३१ लाख पुगे फिक्स्ड इन्टरनेट ग्राहक, यी हुन् रफ्तारमा बढाउने सेवा प्रदायक

३१ लाख पुगे फिक्स्ड इन्टरनेट ग्राहक, यी हुन् रफ्तारमा बढाउने सेवा प्रदायक

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौँ । नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ३१ लाख नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले उपलब्ध गराएको तथ्यांक अनुसार २०८१ सालको चैत मसान्तसम्ममा फिक्स्ड इन्टरनेट ग्राहकको संख्या ३१ लाख ३० हजार ६५५ पुगेको छ ।

    images
    images

    आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउन मसान्तसम्म इन्टरनेट ग्राहक २९ लाख ३ हजार २७० थिए । नौ महिनाको अवधिमा कुल दुई लाख २७ हजार ३८५ ग्राहक थपिएका छन् । यसमध्ये वर्ल्डलिंक, वेबसर्फर, भायानेट, वाईफाई नेपाल र डिश मिडिया तीव्र रूपमा ग्राहक विस्तार गर्न सफल भएका छन् ।

    सबैभन्दा धेरै ग्राहक थप्ने कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड रहेको छ । साउनमा नौ लाख ३१ हजार ९९ ग्राहक रहेको वर्ल्डलिंकले चैत मसान्तसम्ममा १० लाख ९३१ ग्राहक बढाएको छ । नौ महिनाको अवधिमा कम्पनीले ६९ हजार ८३२ ग्राहक थपेको हो । देशमा १० लाख ग्राहकको आँकडा पार गर्ने वर्ल्डलिंक एक मात्र सेवा प्रदायक हो ।

    images
    images

    रफ्तारमा ग्राहक थप्ने दौडमा वर्ल्डलिंकपछि वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम्स रहेको छ । नौ महिनाको अवधिमा वेबसर्फरले ४८ हजार १०७ ग्राहक थप्दै कुल १ लाख ८६ हजार ६६७ पुर्‍याएको छ । विशेषगरी भदौ र मंसिर महिनामा यो कम्पनीले उल्लेख्य ग्राहक संख्यामा वृद्धि गरेको देखिन्छ ।यता भायानेटले ३५ हजार ८८४, वाईफाई नेपालले ३० हजार ७९१ र डिश मिडिया (डिशहोम)ले २२ हजार ५६९ ग्राहक थप्न सफल भएका छन् । वाईफाई नेपालले यो अवधिमा ग्राहक संख्या दोब्बर बनाएको छ । डिशहोमले अन्य महिनाको तुलनामा माघ महिना बढी ग्राहक थपेको छ ।

    अर्कोतर्फ क्लासिक टेक, सबिसु, सजिलो नेट लगायत कम्पनीहरूले पनि केही हजार ग्राहक थप्न सफल भएका छन् । देशको ठूलो इन्टरनेट सेवाप्रदायक रहेपनि नेपाल टेलिकमको वृद्धि भने न्यून रहेको छ । नौ महिनायता टेलिकममा जम्मा एक हजार ९३४ ग्राहक थपिएका छन् ।यस अवधिमा केही इन्टरनेट सेवा प्रदायकहरूले भने ग्राहक गुमाएका छन् । ब्रोडलिङ्कसँग साउन मसान्तसम्म ५५ हजार ग्राहक रहेकोमा अहिले साढे ४० हजार जति मात्रै छन् । त्यस्तै एरोनेटले चार हजार ३६४ र कनेक्ट नेपालले दुई हजार ३२२, फाइबर वर्ल्डले एक हजार ८० ग्राहक गुमाएका छन् । यो अवधिमा अधिका‌ंश साना सेवा प्रदायकहरूले ग्राहक गुमाएको देखिन्छ ।

    ग्राहक संख्याका आधारमा शीर्ष १० फिक्स्ड इन्टरनेट सेवा प्रदायक (चैत २०८१ सम्म)

    क्र.स.

    सेवा प्रदायक (Operator)

    कुल ग्राहक संख्या (Total Number of Subscribers)

    १.

    वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेड

    १,०००,९३१

    २.

    नेपाल टेलिकम

    ३५०,५७५

    ३.

    डिशहोम

    ३४६,७७९

    ४.

    सुबिसु केबलनेट

    ३१२,६२७

    ५.

    भायानेट

    २४५,१५४

    ६.

    वेबसर्फर

    १,८६,६६७

    ७.

    क्लासिक टेक

    १,८०,९९९

    ८.

    टेकमाइन्ड्स नेटवर्क

    ८५,०५१

    ९.

    सीजी नेट

    ७९,९८३

    १०.

    वाईफाई नेपाल

    ७०,६७५

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend