काभ्रे । वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी रहेको छ । सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पु¥याएको थियो । ती मध्ये अन्य ठाउँमा सडक मर्मतको काम सकिएको र माम्तीको डाइभर्सन मर्मत कार्य भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिएका छन् ।
असोज महिनामा आएको बाढीले बीपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको बताउँदै उनले आधा घण्टादेखि एक घण्टाको बिचमा दुई तर्फी नै सडक सञ्चालन हुने जानकारी दिए ।उनले भने- ‘म फिल्डमै छु, अन्यत्र खासै क्षति छैन् । पहिला नै बनाएको पुरानो डाइभर्सन बगाएको हो, त्यहाँ हामीले नयाँ काम गर्न बाँकी थियो । बढीमा एक घण्टामा सडक सञ्चालन हुन्छ ।'
बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।




.gif)





