images

२०८३ आश्विन १९ गते

images
images
images

शिवम् सिमेन्टको नाफामा ९६ प्रतिशतले वृद्धि

शिवम् सिमेन्टको नाफामा ९६ प्रतिशतले वृद्धि

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं ।   शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको तुलनामा ९६.०८ प्रतिशतले बढी हो। गत वर्षको यस अवधिमा २० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर वृद्धि भएको देखिन्छ।कम्पनीको सञ्चालन आम्दानी घटेको छ भने खर्चमा पनि नियन्त्रण भएको छ । यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशतले घटेको छ। अन्य आम्दानीमा २७.१० प्रतिशत वृद्धि देखिएको छ भने अन्य खर्च ७.८० प्रतिशतले घटेको छ।

    कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। अघिल्लो वर्ष ५.४२ रुपैयाँ रहेको ईपीएस हाल ९.७९रुपैयाँ पुगेको छ। कम्पनीको प्रति सेयर नेटवर्थ १८१.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात ५३.२३ गुणा पुगेको छ।वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend