images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • तेस्रो त्रैमासिकसम्म चिलिमे हाइड्रोपावरको नाफा ८.९...

तेस्रो त्रैमासिकसम्म चिलिमे हाइड्रोपावरको नाफा ८.९ प्रतिशत बढ्यो

तेस्रो त्रैमासिकसम्म चिलिमे हाइड्रोपावरको नाफा ८.९ प्रतिशत बढ्यो

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको नाफा ८.९ प्रतिशत बढेको छ ।

    images
    images

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ५० करोड ७८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४६ करोड ६२ लाख रुपैयाँ थियो ।

    कम्पनीको विद्युत् बिक्री आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले ७८ करोड २५ लाख रुपैयाँ रहेकोमा अहिले ८२ करोड ४९ लाख रुपैयाँ छ । नाफा बढे पनि प्रतिसेयर आम्दानी बढ्न सकेको छैन । पहिले वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७९ पैसा रहेकोमा अहिले ७ रुपैयाँ ७१ पैसा छ ।

    images
    images

    कम्पनीको चुक्ता पूँजी बढ्दा प्रतिसेयर आम्दानीमा असर परेको हो । चुक्ता पूँजी पहिले ७ अर्ब ९८ करोड रहेकोमा अहिले ८ अर्ब ७८ करोड रुपैयाँ छ ।  प्रतिसेयर नेटवर्थ घटेको छ । पहिले प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ६० पैसा रहेकोमा अहिले १२८ रुपैयाँ ६१ पैसा छ  ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend