images

२०८३ आश्विन १८ गते

images
images
images

हिमपातले अवरुद्ध लिमि लाप्चा सडक महिनाै पछि खुल्यो

हिमपातले अवरुद्ध लिमि लाप्चा सडक महिनाै पछि खुल्यो

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • हुम्ला।  हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका-६ मा पर्न लिमि लाप्चा खण्ड अन्तरगत न्यालु लेख महिनाै दिन पछि खुलेको छ।बाक्लो हिमपातले अवरुद्ध भएको ४ हजार ९९० मिटर उचाइमा रहेको न्यालु लेख पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छाएपछि खुलेको नाम्खा गाउँपालिका-६ वडाध्यक्ष  पाल्जाेर तामाङले जानकारी दिनुभयो।

    images
    images

    पुस, मङ्सिर महिना परेको बाक्लो हिमपातले न्यालु लेख  बन्द भएपछि लिमि लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न पर्यटकहरू नाम्खा गाउँपालिका -६ का स्थानीयलाई समस्या भएको वडाध्यक्ष तामाङले बताउनुभयो।

    पूर्वाधार विकास कार्यालय हुम्लाले डोजरबाट हिउँ पन्छाएपछि महिनौँदेखि अवरुद्ध सडक खुलेको तामाङले बताउनुभयो।  उहाँका अनुसार अब लिमि लाप्चा नेपाली भूमिबाट चीनमा रहेको मानसरोवर कैलाशको दूरदर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज भएको छ। वडा नम्बर -६ को लिमिबाट गाउँपालिका केन्द्र र सदरमुकाममा सिमकाेट आउजाउ गर्न पनि सहज भएको तामाङको भनाई छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend