images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • ९ महिनामा बुटवल पावर कम्पनीले...

९ महिनामा बुटवल पावर कम्पनीले कमायो २१ करोड खुद नाफा

९ महिनामा बुटवल पावर कम्पनीले कमायो २१ करोड खुद नाफा

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौं ।  बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    images
    images

    कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७९ प्रतिशत बढी हो। गत वर्ष यस अवधिमा कम्पनीले १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    कम्पनीको विद्युत बिक्री आम्दानी २.७६ प्रतिशत बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ७.२० प्रतिशत र सञ्चालन मुनाफा १४.६५ प्रतिशत बढेको छ ।

    images
    images

    नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १८ पैसा बढेर ८ रुपैयाँ २३ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४८.४७ गुणा र प्रति सेयर नेटवर्थ २०७ रुपैयाँ ६० पैसा रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend